अमेरिकाबाट आइपुगे प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश आइपुगेका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। उनी पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश आइपुगेका हुन्।

नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उनको निकै आलोचनासमेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *