ओलम्पिक भिलेजभित्रै भेटिए कोरोना संक्रमित


टोकियो ओलम्पिक भिलेजभित्र रहेका एक जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।

३२ औं ग्रीष्मकालीन ओलम्पिक हुन एक साता बाँकी रहँदा भिलेजभित्रै संक्रमण देखिएको व्यक्ति खेलाडी भने नरहेको आयोजक कमिटीले शनिबार जानकारी दिएको छ  ।

 आयोजक कमिटीका अध्यक्ष सिको हासिमोतो उपस्थित शनिबार पत्रकार सम्मेलनमा ओलम्पिक भिलेजभित्र एक कोरोना संक्रमित भेटिएको जनाइएको छ । गोपनियताका कारण संक्रमितको सम्पूर्ण विवरण सार्वजनिक गर्न नसकिएको आयोजकले प्रस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *