

बाँके : राप्ती सोनारी गाँउपालिका ६ वडा अन्तरगत पर्ने बग्दैलाघाटमा दिन दहादै गुण्डा प्रयोग गरेर अवैध नदि दोहान भईरहेको छ । करिब ३ महिना अघि अनुदिप बिल्दरसले राप्ती सोनाारी गाँउपालिका संग ४० लाख बराबरको राजस्व तिरेर ११ सय टिप्पर बालुवा तथा गिट्टि निकाल्ने सम्झौता गरेको थियो । तर ११ सय टिप्पर बालुवा र गिट्टि स्काई भेटरको प्रयोग गरेर करिब १५ दिनमै निकाली सकेको छ । सम्झौता पुरा भए पनि अनुदिप बिल्दरसले दिन दहादै बाँकेका गुण्डा प्रयोग गरेर दोहान गरि रहेको छ । एक तिर टिप्पर र स्काई भेटर प्रयोग गरेर दोहान गरि रहेका हुन्छन् भने अर्को तिर त्यहा जान रोक्नका लागि बाटोमा गुण्डा खटाईका हुन्छन् । यहाँ सम्म कि समाचार संकलनका लागि बग्दैला घाटमा पुगेका पत्रकारहरुलाई खटाईएका गुण्डा प्रयोग गरेर त्यहाँ खिचिएका भिडियो तथा फोटो समेट डिलिट गर्ने काम गरेका हुन्छन् । फोटो र भिडियो डिलित गर्न नमाने पछि खटाईएका गुण्डाहरुले ठाँउका ठाँउ बार्गेनिंग गर्न खोज्छन् तर बार्गेनिंग र फोटो डिलिट गर्न नमाने पछि कुटपितको अवास्थामा समेत गुण्डाहरु आउने गरेका हुन्छन् ।

बैधानिक रुपमा गाउँ पालिकाहरुले ढुंगा, गिट्टी मोरङको टेन्डर गरेर ठेक्का पट्टा दिए पनि ठेकेदारहरुले अवैध रुपमा दिनरात क्रसर, टिपर , ट्याक्टर संचालनमा भई राख्दा पालिकालाई राजस्व, ओभर लोड भन्दै ट्राफिकलाई राजस्व, दिनरात चलाएको भन्दै र प्रहरीले राजस्व उठाउने प्रक्रियाले गर्दा सडकमा घर भएकाहरु नत राम्ररी सुत्न पाउछन नत स्वास्थ्य नै रहन्छन । धुलोले मानसिक शारीरिक रुपमा असर पारेको भन्दै गुनासो लिएर जनप्रतिनिधि लाई गुनासो सुनाउदा कुनै चासो र अनुगमन नगरेको जनता बताउछन । बेला बेलामा धेरै धुलो भयो , डिस्टप भयो भन्दै सडक बन्द गरे पनि उल्टै प्रहरी र जनप्रतिनिधिको धम्कि आउने गरेको राप्ती सोनारी गाँउपालिका ६ का एक जनाले बताउनु हुन्छ । खान बस्न समस्याले हामिले बारम्बार बाटोको बारेमा बोल्दा कसैले चासो नदिएको र सडकको धुलोले घर भरिन्छ क्रेसर र टिपर वालाले पानी हाल्दैनन् भन्दै गुनासो गर्नु भयो ।

उता राप्ती सोनारी ६ का जनताहरु हिजोआज जेसिभि , स्काईभेटर लगाएर खोलाबाट अवैध ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खन्न गरिरहेका छन भोलि बाढि पहिरो आउदा हामी कहाँ जाने र कसरी बाच्ने भन्ने नत जनप्रतिनिधि बुझ्छन नत ठेकेदारले बस दुबैलाई पैसा भए भयो अरु बाचोस कि मरोस मतलब भएन भन्दै ६० बर्षिय बृद्धाले बताउनु भयो ।
एक तिर बाँकेमा राप्ती नदी र खोलाबाट हुने अवैध ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खन्न रोक्न जिल्ला प्रशासनले विभिन्न किसिमका सुचना बारम्बार निकाले पनि लागू भने कहिल्यै भएको छैन । राप्ति नदी तथा खोलाबाट हाकाहाकी तस्करहरुले अवैध रुपमा उत्खन्न गरि राख्दा पनि जिल्ला प्रमुखहरु चुप लागेर बसेका छन ।

जिल्ला प्रमुख तथा स्थानिय जन प्रसितनिधि चुप लागेको देख्दा सबैको सेटिंग र मिलेमटोमा राप्ती नदि तथा खोलाहरुमा बालुवा तथा गिट्टि मोरंगको दोहान भईरहेको मान्न सकिन्छ । किनकि दिन दहादै दोहान हुनु र प्रशासनहरुले चासो नखाए पछि आम मानिसहरुको बुझाईमा गाईरहेको छ । एक साता पहिला बाँकेका जिल्ला प्रहरी प्रमुख एसपि श्यामकृष्ण अधिकारीले सो ठाँउको बारेमा गाँउपालिका प्रमुख र सरोकार निकायहरु सँग बुझिरहेको बताउनु भयो । उनले भने के कसरी प्रक्रिया हो बुझेर अगाडि बढ्ने बताउनु भयो ।

