घट्यो सुनको मूल्य


नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। दुईदिनदेखी नेपाली बजारमा सुनको भाउ घटेको हो । अघिल्लो हप्ता दैनिक रुपमा बढीरहेको सुनको भाउ बुधबार र विहिबार भने घटेको हो ।

हिजो सात सय रुपैयाले घटेको सुनको भाउ आज विहिबार पनि सात सयले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *