एक जेनेरेसनमा नै मेहनत गरेर विद्धावन हुन सकिन्दैनः प्रधानमन्त्री ओली


प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताउनुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताउनुभएको हो । मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नया आविश्कार गर्दे जानुपर्नेमा उहाँले जोड दिनुभयो । अनुकुल हावापानी र विविधि भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानी अनुसारका वस्तु उपादन गर्न सकिने बताउनुभयो ।उहाँले भन्नुभयो “एक जेनेरेसनमा नै  मेहनत गरेर  विद्धान हुन सकिदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पुर्वजको मेमोरि, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने  मेमोरि पावर र इन्नोभेटिभ पावर । मेमोरि पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौ । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौ । 

May be an image of 1 person

Leave a Reply

Your email address will not be published. Required fields are marked *