नेपालगन्जको १ र २ वडा बालविवाह मुक्त घोषणा


फोटो वडा अध्यक्षको वालबाट

नेपालगन्ज उपमहानगरपालिकाको १ र २ वडा एक साथ बालविवाह मुक्ता वडा आज घोषणा भएका छन् । १ मा १३.५५ प्रतिशत र २ मा १३.७९ प्रतिशत बालविवाह भएकोले १ र २ वडालाई बालविवाह मुक्त वडा घोषणा गरेको हो । यस अघि नेपालगन्ज उपमहानगरपालिकाको १० र १२ वडा बालविवाह मुक्त वडा घोषणा भैसकेको छ । बाँकेमा अहिलेसम्म नौ वटै वडा बालविवाह मुक्त घोषणा भएका छन् ।

२०६८ सालको जनगणना अनुसार बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिवी, बेरोजगारी, अशिक्षा, धर्म र संस्कार, पुरानो रितिरिवाज र मोबाल दुरुपयोगलगायतका कारणले बालविवाह हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *