कार्यदलको बैठक पुनः ७ बजे बस्दै


काठमाडौं:  नेकपा एमाले कार्यदलको बिहान सिंहदरबारमा बसेको बैठक सम्पन्न भएको छ । कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेको जानकारी दिइएको छ । एमाले कसरी एकतावद्ध गर्ने भन्ने  विषयमा गहन छलफल भएको बताइएको छ । पछिल्लो समय एमाले कार्यदल सक्रिय भएपछि कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । यसबीचमा हिजो साँझ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा प्रत्यक्ष भेटवार्ता भएको थियो । कार्यदलका नेताहरुपनि सम्मिलत उक्त भेटवार्ता सकारात्मक भएको र आजसम्ममा छलफल टुंगो लगाउने कार्यदलका नेताहरुले विश्वास व्यक्त गर्दै आउनुभएको छ । आज बेलुका ७ बजे पुनः बैठक बस्ने पनि जानकारी दिइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *