
नेपालगन्जमा शनिवार बाँके आइटिएफ टेकवान्दो संघले पेटी परिक्षा कलर बेल्ट कार्यक्रम सम्पन्न गरेको छ । पेटी परिक्षामा (ग्रेडिंग)को ह्वाईट बेल्ट देखि ब्लु बेल्ट सम्मका करिब एक सय बढी खेलाडीहरुको सहभागित रहेको बाँके आईटिएफ टेकवान्दो संघका अध्यक्ष रंञ्जित गिरीले बताए । कार्यक्रमा बोल्दै आइटिएफका केन्द्रिय सदस्य होम बहादुर सुनारले टेकवान्दो खेलले मनिसलाई स्वास्थ्य बनाउनुका साथै आफ्नो रक्षाका लागि पनि यो खेल महात्वपुर्ण रहेको बताए ।

टेकवान्दो खेलले मनिसलाई स्वास्थ्य बनाउनका लागि महत्वपुर्ण योगदान पुर्याउदै आएको सुनारको भनाई थियो । कार्यक्रमका अध्यक्षता गरेका कारकादो दोजाङ्ग ईकाई अध्यक्ष तथा जिल्ला सदस्य नरेन्द्र ओलीले खेलको माध्यमबाट नै आफ्नाे ठाउँ र राष्ट्रको पहिचान दिलाउन सकिने बताए । खेलले आफ्नाे ठाउँ र राष्ट्रलाई चिनाउनका लागि महात्वपुर्ण योगदान पुर्याउदै आएको उनको भनाई थियो । सबै खेलाडीहरुलाई भबिष्यमा सफलता प्रप्त गर्न र मेडाल जित्नका लागि शुभकामना समेत ओलीले दिएकाथिए । कार्यक्रममा सिनियार खेलाडीहरुलाई ब्ल्याक बेल्टको फस्ट डन, सेकेन्ड डन र थ्रड डनलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । कार्यक्रममा टेकवान्दो लुम्बिनी प्रदेश अध्यक्ष बिरेन्द्र शाही, आईटिएफका संरक्षक बरबिम जंग राणा, सल्लाहकार प्रेम भण्डारी, राष्ट्रिय प्रशिक्षक प्रेमलाल ठाकुर तथा अभिभावकहरुको समेत सहभागिता रहेको थियो । हल सम्म नरेन्द्र ओली संघलाई संरक्षण गर्दै आइरहेका छन् ।

