
बाँकेको नेपालगन्जबाट भारतीय प्रेस कार्ड बोकेको एक जना भारतीय नागरिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकले दिल्ली क्राइम नेस्नल न्यूज पेपरका सस्क्राइबर सल्मान खान र नेपालगन्ज १२ कोरीयनपुर कोठा भाडामा बसोबास गर्दै आएका मुस्तकिम सिद्दिकिक कोठालाई खन तालासी गर्दा उक्त समान बरामद भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट लागुऔषद सहित १ जना भारतीय नागरिक भारतीय पत्रिकाको प्रेस कार्ड सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध व्यूरो नेपालगन्जले १ महिनाको लामो प्रयास पछि कोरियनपुर १२ मा कोठा भाडामा बस्ने मुस्तकिम सिद्दिकि र नेपालगन्ज १६ बस्ने २२ बर्षिय आजाद कवडिया सहित ३ जनालाई पक्राउ गर्न सफल भएका छन् । कोरियनपुर १२ दिव्य खड्काको घरमा बसोबास गर्दै आएका मुस्तकिम सिद्दिकिको कोठालाई साउन ८ गते करिब बेलुकि ८ बजेको समयमा सिद्दिकिको साथै भारतको उत्तर प्रदेश बहराइच घर भएको २८ बर्षिय सलमान खानलाई खोज तलासि गर्दा पहेँलो रंगको प्लाष्टिकको पोकामा ४३ ग्राम १५० मिलिग्राम प्लाष्टिक हटाई ३४ ग्राम ब्राउन सुगर र साथमा दिल्ली क्राईम नेस्नल न्यूज पेपरको परिचय कार्ड भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्ष मधु सुदन न्यौपानेले जानकारी गराउनु भयो ।
खन तलास गर्दा सलमान खान सँग प्रस कार्ड, मुस्तकिम सिद्दिकि सँग तराजु १ ओटा र ९८००५६७९६६ प्रयोग भएको भिभो मोबाइल एक सेट र आजाद कवडिया सँग ९८२६५४३४१९ नम्वर प्रयोग भएको आइटेल मोबाइल एक सेट फेला परेको थियो । उक्त घट्ना बारे अझै थप अनुसन्धान भैरहेको नायव प्रहरी उपरीक्षक न्यौपानेले जानकारी गराउनु भयो ।
मुस्तकिम सिद्दिकि नेपालगन्जको एकलैनि स्थित सुन पसलमा काम गर्दै आएका छन भने मुस्तकिम र सलमान भारतबाट लागु औषध ब्राउनसुगर नेपाल ल्याउने र नेपाल ल्याएपछि आजाद कवडियाले बिक्रि गर्ने गरेको पाइएको छ । उनीहरुले प्रति ग्राम १ हजार ५ सय रुपैँयामा खरिद गरी ३ देखि ४ हजारमा प्रतिग्राम बिक्रि गर्ने गरेका थिए । उनीहरुलाई लागुऔषद नियनत्रण ऐन २०३३ को दफा १४(क) बमोजिम १० देखि १५ बर्ष सम्म कैद र ७५ हजार देखि २ लाख सम्म जरिवाना रहेको छ । बाँकेमा असार १३ गते देखि हल सम्म बाँके प्रहरीले ९४ ग्राम १ सय ८० मिलिग्राम ब्राउन सुगर, २ लिटर ६ मिलिलिटर कोरेक्स र ३ सय पिस नाइट्रोजन पम सहित १९ जना मानिसहरुलाई बाँके नियन्त्रणमा लिएको छ ।
