कोरोना कहरमा लघुवित्त आतंक



अम्बिकेश्वरी संवाददाता : कोरोना माहामारीको बेला राप्ती सोनारीमा लघुवित्त संस्थाहरुले आंतक मच्चाएका छन् । उनीहरुले लकडाउनको वेवास्ता गर्दै गाउँ गाउँमा महिलाहरुको भेला बैठक गराई पैसा असुली रहेका छन् । राप्ती सोनारीमा अहिले सम्म १ सय २४ जना महिला र पुरुष १ सय ८८ जना संक्रमित रहेका छन् भने धेरैको ज्यान समेत गइसकेको छ । हाल सम्म २ सय २८ जना निको भइसकेको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।


कोरोना कहरमा ज्यान कसरी जोगाउने भन्ने पिरले सताइरहेको स्थानीयलाई लघुवित्तहरुले जसरी पनि समयमा पैसा असुली धन्दामा लागेको जनगुनासो बढेको हो । खासगरी राप्ती सोनारी क्षेत्रमा सकृय उपकार लघुवित्त वित्तिय, फरवार्ड लघुवित्त, युनिक नेपाल लघुवित्त,जल्पा सामुदायिक लघुवित्त, ग्रामिण लघुवित्त लगाएतका संस्थाहरुले लकडाउनको धज्जी उडाँउदै खुल्लेयाम भेला बैठक गरिरहेका हुन । भेला बैठकका कारण प्रहरीको पनि टाउँको दुखाइको बिषय बनेको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज असई फत्तेसिंह थारुले दैनिक जसो गाउँ गाउँमा भेला बैठक हटाउन प्रहरी परिचालन गर्ने गरेको बताए । उनले पटक पटक लघुवित्तका कर्मचारीहरुलाई सम्झाएको भन्दै अव भेला बैठक गरेको पाएमा कानुनी कारवाही गर्ने उल्लेख गरे ।


समुह गठन गर्दा सुनौला सपना देखाएका लघुवित्तहरुले महामारीको बेला भेला बैठक र किस्ता रकम असुलीले महिलाहरु निकै दुखि भएका छन् । राप्ती सोनारी ३,४ र ५ वडामा दैनिक जसो गाउँ गाउँका महिलाहरुको भेला बैठकले कोरोना संक्रमणको जोखिम बढेको छ । आज बुधबार राप्ती सोनारी ३ खैरहनी गाउँमा बैठक गराउनका लागी सबै महिलाहरुलाई फोन गरेर जम्मा भएर किस्ता र व्याज तिर्न उपकार मन्चले खबर गर्यो । राप्ती सोनारी ५ चिलहरीया शाखाका दिनेश गिरी बताउँने एक कर्मचारीले लकडाउनमा पनि भेला बैठक गर्दै आएको बताए । उनले यसरीनै सबै गाउँमा समुहका महिलाहरुलाई जम्मा गरि किस्ता असुल्ने गरेको उल्लेख गरे । उनले भने कसैलाई कोरोना पोजेटिभ भएर या विरामी भएर साह्रै समस्या भए मात्रै छोड्ने हाृे होइन भने सबै संग किस्ता व्याज पहिलेको तालिका अनुसारकै दिन उठाँउने गरेका छौ । राप्ती सोनारी ३ मा रहेको जल्पा सामुदायिक, राप्ती सोनारी ४ बैजापुरमा रहेको ग्रामिण र राप्ती सोनारी ५ मा रहेका उपकार मन्च, फरवार्ड र युनिक नेपाल जस्ता दर्जन लघुवित्तहरुले दैनिक जसो कर्मचारी गाउँ गाउँमा भेला बैठक गराउन पठाउने गरेका हुन । यस खालको भेला बैठकले संक्रमण हुने जोखिम रहेको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर गोविन्द प्रसाद थारुले बताए । गाउँ गाउँमा कोरोनाले प्रवेश गरेको बेला यस्तो भेला बैठक नगर्न आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *