लयमा फर्किदैँ हवाइ सेवा ।


कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ ।

त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् ।

दोस्रो लहरको कोभिड संक्रमणसँगै सरकारले बैसाख १६ गते देखि निषेधाज्ञा जारी गरे पछि तत्कालै हवाइ उडान समेत बन्द गरेको थियो ।

संक्रमणमा कमी आएको भन्दै सरकारले असार १७ गते देखि आन्तरिक उडान खुल्ला गरेको थियो ।

आइतबार मात्र त्रिभुवन विमानस्थलले एक सय वटा डिपाचर र ९८ वटा अराइभल गरी १९८ उडान अनुमती दिएको थियो ।

त्यसै गरी सोमबार पनि यता आन्तरिक उडानमा भने ९५ वटा डिपाचर र ९० वटा अराइभल गरी १८५ वटा नियमित उडानका लागि अनुमती दिएको विमानस्थलका प्रमुख प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *