
बाँके : नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ ले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिल्ली बहादुर खड्कालाई सम्मान गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले नगरमा कोरोना नियन्त्रण, व्यवस्थापन,लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै नगरमा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले खड्कालाई सम्मान गरेको बताउनु भयो ।
