सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली अस्पतालमा उपचार गराइरहेको पाइएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार सांसद वलीले घाँटीमा समस्या भएका कारण आफू नेपालगन्जमा उपचाररत रहेको बताएकी हुन्।
दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले नेपालखबरसँग भने, ‘हाम्रा एसपी सा’प ९सुरेश काफ्ले०ले फोन गर्दा उहाँले आफू अस्पतालमा उपचार गराइरहेको भनेर जानकारी गराउनुभएको छ।’
यसअघि उनको पार्टी नेकपा केन्द्र लुम्बिनी संसदीय दलका सचेतक तुलाराम घर्ती मगरले शुक्रबारदेखि उनले फोन नउठाएको बताएका थिए।
तर प्रहरीले फोन गर्दा उनले आफू बिरामी भएर अस्तपालमा रहेको बताएकी हुन्। तर कुन अस्पताल भन्ने खुलेको छैन।
