पहिरोले अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा


हेटौंडा-पहिरोले अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

बिहीबारदेखिको अविरल वर्षापछि पहिरो खस्दा अवरुद्घ बनेको हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी(कुलेखानी सडकखण्ड एकतर्फी सञ्‍चालनमा आएको हो।

शुक्रबार बिहान खसेको पहिरो पन्छाएर साँझबाट मात्रै सञ्‍चालनमा आएको सो सडकखण्ड भीमफेदी गाउँपालिका(६ देउरालीनजिक शनिबार बिहान पहिरो खस्दा पुनः अवरुद्ध बनेको थियो। लेदो माटोसहितको पहिरो गएकोले पहिरो हटाउने काम जारी नै रहेको भन्दै सबै पहिरो हटेपछि सडक दुईतर्फी नै सञ्‍चालनमा ल्याउने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *