लायन्स र लियो क्लब अफ नेपालगन्ज सिटीले निल सागरमा खाजा खुवायो


नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागर ओल्डेज होममा बिहानको नास्ता खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बिहान लायन्स क्लब अफ नेपालगन्ज सिटि र लियो क्लब अफ नेपालगन्ज सिटिद्वारा निल सागरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै बिहानको खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालगन्जको निल सागरमा खाजा खुवाउने कार्यक्रमको अध्यक्षता लियो अन्जु घर्ती मगर र कार्यक्रमको प्रमुख अतिथिमा लायन ज्ञानेन्द्र श्रेष्ठ रहनु भएको थियो ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि तथा अतिथिहरुमा लायन शशी स्वार, लायन सुनिल गुप्ता, श्रवण पन्छाइ, राजन राना मगर, लियो प्रकाश कुवर, हेमन्त काफ्ले र गोपाल ओली लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा कार्यक्रमलाई सहयोग गर्ने अम्बिकेश्वरी डटकमका अध्यक्ष गोपाल ओलीलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

निल सागरमा खाजा खुवाउने कार्यक्रमको संयोजन एलिना बर्मा र प्रशंसा बिष्टले गरेका थिए भने कार्यक्रमको संचालन प्रकाश कुवरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *