धानखेतीमा गवारो रोगको प्रकोप


टीकापुर: कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गवारोेको समस्या देखिएको छ ।उहाँको खेतमा धानका गुभो मर्दै गएपछि उहाँ चिन्तित हुनुभएको छ । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताउनुभयो । “दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *