अमेजोन कम्पनीलाई ८८.६६ करोड दलर जरिवाना


अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।

त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो ।

खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ ।

अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।न्यूज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *