सिक्किम र फिजिलाई भारतले कसरि आफ्नो नियन्त्रणमा लियो ?


के हो सिक्किमिकरण ?

सिक्किम नेपालसंग सिमाना जोडिएको थोरै जनसंख्या भएको सुन्दर,शान्त र स्वतन्त्र देश थियो।भारतका तत्कालिन प्रधानमन्त्रि जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने बिस्तारबादि सिद्धान्त अनुसार राजनैतिक रुपमा स्वतन्त्र देशमाथि धावा बोलियो।

भारतले छिमेकि साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो। गोहा, सिक्किम, फिजि,भुटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहा भएका प्राकृतिक स्रोत साधन दोहन गर्ने दिर्घकालिन योजना अनुसार सिक्किमलाई भारतमा गाभियो। भारतले योजनाबद्ध ढंगबाट सिक्किमको संसदबाट नागरिकता संबन्धि खुकुलो बिधेयक पास गराउन सफल भयो।

आप्रबासिलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरा स्थापित गराएपछि त्यस्तो नागरिकता पाएकाहरुले सिक्किममा बिभिन्न आन्दोलन गरेर संसदमा पुगे। सिक्किमको संसदमा ३२ जना मध्य ३१ जना भारतका मान्छे थिए भने एक जना मात्र स्वतन्त्र सिक्किमको पक्षमा थिए। भारतको डिजाईन अनुसार जबरजस्ति जनमत संग्रह गराएर त्यसलाई संसदबाट अनुमोदन गराईयो र भारतको एजेन्ट लेन्डुप दोर्जेलाई प्रान्तको मुख्य मन्त्रि घोषणा गरियो।

सिक्किम अशान्त भएको लगाएतको बहानामा ५००० भारतिय शसस्त्र सेना त्यहा भित्राईयो। स्वतन्त्र सिक्किमको माग गर्नेहरुलाई दबाईयो भने सिक्किमि सेना समेत ठुलो संख्यामा मारिए ! अशान्त सिक्किमको बहानामा भारतिय नियन्त्रण बढाउदै संसदबाट पारित भएको बिधेयक र नक्कलि जनमत संग्रहको आधारमा नेपालसंग सिमाना जोडिएको हिमालि अधिराज्य सिक्किम सन १९७५ मा भारतको २२ औ राज्य बन्न पुगेको थियो।

के हो फिजीकरण ?

फिजि भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गर्यो। सन १९८७ देखि १९९० सम्म फिजि रास्ट्र संबिधान बिहिन अबस्थामा रह्यो।

यो संबैधानिक संकटको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाब अनुसार फिजिमा जन्मेका जुनसुकै भारतिय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संबिधानको धारा २० मा ब्यबस्था गर्यो। सन १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतियहरु १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे।

नक्कलि नागरिकताको आडमा भारतिय नागरिक महेन्द्र चौधरिले फिजिको चुनाब लडे र ७१ सिट रहेको फिजिको संसदिय चुनाबमा ३७ सिट भारतिय मुलकाले जिते र भारतिय नागरिक महेन्द्र चौधरि फिजिको प्रधानमन्त्री बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *