भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुग्यो


काठमाडौं । भूटानले अनुदानमा दिएको कोरोना भाइरसबिरुद्धको ३ लाख डोज खोप नोपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ ।

यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *