असार १ गतेबाट विद्यार्थी भर्न प्रक्रिया सुरु हुने : मन्त्री कृष्णगोपाल श्रेष्ठ


शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेबाट विद्यार्थी भर्न प्रक्रिया सुरु हुने बताएका छन्।
मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्नसमेत आग्रह गरे।


मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए।
करिब एक महिना अघि तत्कालिन स्वाथ्यमन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र पठाएको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए।
उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारीसमेत दिए।
छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए।
आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी दिए।
उनाका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *