नेपालगन्ज । लुम्बिनि प्रदेश प्रहरी अनुसन्धान समुह दाङ बाट खटिएको प्रहरी टोलीले बाँके नरैनापुरबाट भरुवा बन्दुक र कटुवा पेस्तोल बिक्री गरेको आरोपमा सहित एक जनालाई पक्राउ गरेको छ । बिहिबार ९ वजे बाँके नरैनापुर गाउँपालिका ६ दोन्द्रा गाँउस्थित ५० वर्षीय छोटेलाल राढले हातहतियारको बिक्रि वितरण गरि रहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । राढसंग एकनाले भरुवा बन्दुक थान १ बन्दुकमा लाग्ने छर्रा थान ३ र कटुवा पेस्तोल थान १ बरामद भएको प्रहरीले जनाएको छ ।

