एमाले स्थायी कमिटी बैठक: विधान संसोधन सम्बन्धि प्रस्ताव पारित


काठमाडौंः विधान महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धि प्रस्ताव पारित गरेको हो । स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो । एमालेको केन्द्रिय समिति बैठकमा पनि केहीबेरपछि तुलसीलाल स्मृति प्रतिष्ठान भवननै बस्नेछ । बैठकले स्थायी समिति बैठकले पारित गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव अनुमोदन गर्नेछ । आगामी भदौं २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि सांगठानिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीब्रता दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *