हातहतियारसहित २ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट हातहतियारसहित २ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा, धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाह र सोही जीपमा सवार कैलारी गाँउपालिका–९ का ५३ वर्षीय खेम राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित सोही जीपमा सवार रहेका खेम राज चौधरी दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कैलालीले जानकारी दिएको छ ।

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार खरखजाना शिर्षकमा मुद्धा दर्तागरी थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *