झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।


साउन २८ बाँकेको डुडुवाबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । डुडुवा गाउँपालिका–६ मोहनपूर्वास्थित छब्बन खानको जमिनमा रहेको झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले बताउनुभयो ।

इप्रका हिरमिनियाबाट खटिएको प्रहरीको टोलीले करिव एक लाख ९६ हजार ५ सय ६० रुपैयाँ बराबरको काठ बरामद गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *