केपी ओली भन्छन्– माधव नेपाल पतनको बाटोमा


सोमबार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि परेको भन्दै तीव्रदोष प्रकट गरे ।

‘तपाईं हामी सबैले सुन्यौं होला, माधव नेपाल भन्ने, कांग्रेसको पछाडि कुद्ने एकजना व्यक्ति छन्। अहिले नेपालको राजनीतिमा सबैले चिनेजस्तो लाग्छ,’ ओलीले भने, ‘किनभने असाध्यै चर्चा भइरहेको छ, यतिसम्म पनि मानिस पतन हुनसक्दो रहेछ। आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्काेतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने यस्तो लाज पचेको मान्छेको चर्चा अलि मान्छेले सकारात्मक होइन नकारात्मक रुपमा हुन्छ।’

प्रधानमन्त्री ओलीले मान्छेको चर्चा नकारात्मक र सकारात्मक दुबैरुपमा हुने भन्दै भारतमा गान्धीको मात्रै चर्चा हुँदैन, नाथुराम गोड्सेको पनि चर्चा भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *