सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्।


भदौ १ बाके धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ। कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन्।

बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी छन्।

निर्मला बलात्कारपछि हत्या घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी आएको उनले बताइन्।

सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो। झापाबाट धेरै पटक धनगढी आइसकेको र निर्मलाले न्याय नपाउन्जेल धनगढी आइरहने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *