गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड


‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा दान, तर्पण, श्राद्धगर्नेको मंगलबार भीड लागेको छ ।

कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा पहिलाको वर्षमा कोरोना महामारीको डरले मन्दिर नखोले पनि यस वर्ष भने मन्दिर खुल्ला गरिएको छ ।

गोकर्ण क्षेत्रलाई बौद्ध महायान धर्मालम्वीहरुले पनि अष्ट बैतराग ९पितृ उद्धारहुने ठाउँ० मध्ये एक ठाउँको मान्दै आएकोले यस स्थल बौद्ध र हिन्दूहरुको संगमस्थल भएको छ । यसैले यस दिनलाई गोकर्ण औंशी पनि भन्ने गर्दछन् ।

बुबाको निधन भएकाहरु गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिनाले तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दूहरुको मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *