काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।‘लिबेरल डेमोक्रयाटिक पार्टी’का महासचिबका अनुसार सुगाले कार्यकारी बैठकमा आफू पूर्ण रुपमा कोभिड १९ बिरुद्धको खोप अभियानमा केन्द्रित हुन चाहेकोले दलको नेता भएर चुनाबमा नजाने बताउनुभएको एएफपीले उल्लेख गरेको छ ।
उहाँले सुगाको घोषणाबाट आफू स्तब्ध भएको बताउनुहुँदै राम्रो गर्दागर्दै नतीजा नकारात्मक हुन जानु पछुताउनुभन्दा केही नरहेको बताउनुभएको छ ।

