ए बेकुफ युवा


मैले आजसम्म अन्तर्वार्ता, भाषण, बोली, बिचार सुनेका नेता मध्य सबैभन्दा नालायक देश बनाउने कुनै दृष्टिकोण नभएको पात्र भनेको माकुने नै हो।

खाली कुन्ठा, डाहा पोख्ने भन्दा अरु शब्द उसका बोलिमा बिरलै भेटिन्छन।

पछिल्लो समय बिधी पद्वति भन्न जानेको माकुने जतिबेला नेकपा नामको पार्टि थियो त्यतिबेला अरुको घोडा चढेर बहुमतको दम्ब देखाउदै आफ्नो मुल नेतृत्वलाई साधारण सदस्यबाट समेत हटाएको घोषणा गर्न पुग्यो। तर आज एमाले पार्टि भित्र अल्पमतमा छ चाहिने ब्यबस्था अध्यादेशबाट ल्याएर टाप कस्यो। टाप कस्दै गर्दा बुद्वि भ्रष्ट भएको माकुनेलाई यत्ति पनि चेतना भएन कि हिजो नाम मिलेकै कारण नेकपा खारेज हुन पुग्यो।

आज एमालेकै नाम मिलाएर नाम राख्नु गलत हो भन्ने सम्म उसमा चेतना छैन भने त्यस्तो ब्यक्ति सङ्ग देश बनाउने परिकल्पना छ भनेर पछाडि लाग्नु आजका युवा कतिसम्मका बेकुफ? उमेरमा १५ बर्ष पार्टिको नेतृत्व र पटकपटक मन्त्री, चुनाब हारेर प्रधानमन्त्री समेत भैसकेर आफ्नो पार्टिलाई कवाडि जस्तो बनाएको र जनतामा छाप छोड्ने एउटा राम्रो काम नगरेको नालायकले बृद्वभत्ता खाने बेला डाहा कुन्ठाले छुट्टिएर खोलेको पार्टिबाट राम्रो गर्छ भनेर आश गर्ने युवालाई म बेकुफ नभनेर के भनौ? अरुलाई आफन्त, वरिपरिकालाई सेप्ने, पद दिने भनेर कुन्ठा पोख्ने माकुने कम्युनिस्ट भित्र त्यहीँ पात्र हो जसले आफन्तबादको सुरुवात गरेको थियो।

आफु पहिलोपटक मन्त्री हुदा अस्थायी जागिर गरिरहेकी आफ्नी श्रीमतिलाई जागिरबाट छुटाएर देश लुट्न, कमिशन र कालो धन अशुल्न सजिलो होस भनेर आफ्नो स्वकिय बनाउने काम गर्यो। आज पनि पार्टि चोईट्याएको भोलिपल्ट आफ्नो पुर्ब स्वकियलाई प्रदेश प्रमुख बनाउन भ्याएको छ।

अर्कोतिर राज्यको सम्पतिमा सबैभन्दा धेरै बिदेश घुम्ने पात्रको रुपमा पनि माकुने अग्र स्थानमै छ। यस्ता असफल, नालायक कुपात्रले मर्ने बेला अदक्ष बन्ने लालचाले चोईट्याएको गिरोहका पछाडि लाग्ने युवा जति बेकुफ म नेपाली समाजमा कसैलाई देख्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *