काठमाडौं ।
नेकपा एमाले भित्रका नेताबीच विग्रदो सम्बन्धका कारण अहिले अध्यक्ष ओली समस्यामा परेका छन् । विपक्षी गठबन्धनसंग मिलेर नेता माधव कुमार नेपालले ओलीको विकल्प खोजीरहेका छन् । एमालेभित्र नेताहरुलाई कारवाहीको शिलसिला चलिरहेको छ । यस्तो अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुपक्षीय स्थायी समिति बैठक बोलाएका छन् ।
बैठक आइतबार बिहान नौ बजे बालुवाटारमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । नेताहरुका अनुसार बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई भने खवर गरिएको छैन । यसवाट ओलीले कुनै नयाँ निर्णय लिन लागेको अनुमान गरिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, अदालतबाट लगातार भएका फैसलालगायत पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति भंग गर्दै दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए । त्यसवाट भएका निर्णयलाई सर्वोच्च अदालतले मान्यता दिएको छैन । नेता माधवकुमार नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

