दुधे बालक काखमा च्यापेर राजनीतिमा होमिएकी गौरी ओली।


जस्ले जिवनभर गौरी ओलीको सत्तसराप गरी रह्यो । अघि बढ्न नदिन बाड हालिरह्यो र अबसर लिदा खेरी म सुधृए आइन्दा यस्तो गलत हुदैन म बाट भन्दै पाउमा परेर अवसर लिदै अघि बढिरह्यो आज तेहि मान्छेले (लाएको गुण बिर्सेर )सामाजिक सन्जाल फेसबुकमा फेरी बहिनी गौरी ओलीको मान मर्दन हुने गरी स्टाटस हालेकोले म पनि केहि कुरा लेख्न बाध्य भएको छु ।
आज डोटेली दाजुभाइ दिदीबहिनी सम्पुर्णले बुझ्न जरुरी छ कि गौरी ओलीको ठाउँमा यदि कोहि छोरा मान्छे हुन्थ्यो भने उस्को आज कति हाइ हाइ हुन्थ्यो होला कति तारिफ हुन्थ्यो होला तर गौरी ओली महिला भएकै कारणले होला उनको त्याग र पार्टी प्रतिको योगदान लाइ बुझ्ने कोही छैन । के महिलाले गरेको योगदानको मुल्याङ्कन गर्नु पर्दैन? नारीको साहसिक कार्यको मुल्यांकन गरी हौसला प्रदान गर्नुपर्दैन ?


१-उनी अनपढ हुँदादेखि नै २०४६/०४७ सालको परिवर्तन सङ्गै पार्टीको काममा होमिएकी हुन ।
२- बिध्यालयमा १ दिन पनि भर्ना नभएकी मान्छे एकै चोटी ८ कक्षामा भर्ना भै आफ्नो पढाइलाइ निरन्तरता दिदै आज डिग्री लेबल सम्म पुगिन
३-बिद्यार्थी नेतृत्व देखि महिला नेतृत्व हुदै पार्टी नेतृत्व लिदा सम्म एक्लै महिला नेतृत्वको रुपमा सङ्घर्ष गरिरहिन्
४-चार महिनाको दुधे बालकलाइ समेत घर्मै छोडी सुत्केरी अवस्थाको समेत प्रवाह नगरी पार्टीको काममा रातदिन खटिरहिन
५-डोटी जिल्ला मात्र होइन पार्टीले खटाएको अन्य जिल्लाहरु बझाङ ,अछाम , बाजुरा जिल्लामा समेत पुगी पार्टी बिस्तार गर्ने कार्यमा खटिरहिन
६-आफु पछाडि परेर पनिडोटीका तमाम कार्यकर्ता नेताहरुलाइ अघि बढ्नमा सहयोग गरिरहिन्
७- आफु पनि पार्टीकै काममा र सिरमान पनि पार्टीकै काममा भएको र रोजगारीको बाटो केही नहुदा घर्मा केहि भएको जायजेथा पनि पार्टीकै काममा स्वाह पारिन
८- आफुले सहयोग गरेर अघि बढाएका हरु आज कहाँ कहाँ पुगे , के के कर्म गरे र आज तिनीहरु कुन अवस्था के हुदैछ तर गौरी ओली जहाँको यहि आफ्नो निष्ठाको राजनितीमा सतिसाल झै अडिग छिन।


उनले गरेका यि र यस्तै तमाम साहसिक कार्यको सहि मुल्यांकन गर्नुपर्छ कि पर्दैन ? कि गौरी ओली केहि होइन भनेर अझै पनि छोरा मान्छेलाइ नै अघि सार्ने हो ?


बहिनीले सबैलाइ सहयोग गरेकी छिन । अब उनलाइ सहयोग चाहिएको छ । म उनको दाइ भएको नाताले यो कुरा भनिरहेछैन । पार्टीले नै धेरै सोच्ने बेला आएको छ । चुनाबलाइ पैसा सङ्ग नदाजियोस । छेपारे प्रबृत्ति भएका अवसरबादी कमाउधन्दामा लागेका भ्रष्टहरु बाट सजग रहि जनताको पार्टी कसरी बनाउने भन्ने कार्यमा सबै लाग्नुपर्दछ । यसबारेमा डोटी जिल्ला पार्टी कमिटीले बेलैमा सही निर्णय गरोस भन्न चाहन्छु । धन्यवाद कोमल ओलीको वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *