आज मङ्गलवार नेप्से ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ । आज फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर दुई सय ४४ अङ्कले, जलविद्युतको शेयर दुई सय ३२ अङ्कले घटेको छ ।
यस्तै बैंकिङ समूहको शेयर दुई सय दुई अङ्कले, व्यापारको ६२, होटलको १७, उत्पादनको एक सय ५७, अन्यको ३०, माइक्रोफाइनान्सको ३१ र जीवन बीमा समूहको शेयर एक सय ४३ अङ्कले घटेको छ । आज १६ जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेको सूचीको सुरुका ३१ कम्पनी जलविद्युत् समूहकै परेका छन् । समग्र बजार घटे पनि गुराँस फाइनान्स र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २५ कम्पनीका दुई करोड ५३ लाख १६ हजार कित्ता शेयर १६ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् ।

