मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक


गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *