निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत सुरु


काठमाडौं, भाद्र  ०९ गते ।  निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुग्नुभएको छ ।

एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

सनाखतका लागि केन्द्रीय सदस्यहरुले नागरिकताको प्रमाण पत्र र सांसदहरुले संसद सचिवालयको परिचय पत्र अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *