काठमान्डौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन् नेत्र भण्डारी। सुमुधुर आवाजका धनि नेत्रका सयौं गीतहरु बजारमा छन्। जस अन्तर्गत अधिकांश गीतहरु दर्शक स्रोता माझ लोकप्रीय छन्। संख्यात्मक भन्दा पनि गुणात्मक गीतमा बढी ध्यान दिने नेत्रको नयाँ गीत बजारमा छ। केही दिन अघि रिलिज “माया माकुरीको” बोलको गीतमा नेत्रको सुमुधुर आवाज सुन्न सकिन्छ। नेत्रका अलवा अर्की लोकप्रीय गायिका समिक्षा अधिकारीले गीतमा आवाज दिएकी छिन्।
गीतमा सर्जक रमेश परियारको उत्कृष्ट शब्द तथा संगीत रहेको छ। गीतमा नेत्र र समिक्षाको गायिकी उत्कृष्ट सुनिएको छ। समग्रमा गीतको अडियो अब्बल बनेको छ। त्यसो त गीतको अडियो जति सशक्त छ, भिडियो झन् आकर्षक बनेको छ।
भिडियोमा चर्चित् मोडल तथा डान्सर एलिशा राइ र मोडल सुबास थापा मगर फिचर्ड छन्। एलिशा र सुबासको डान्स एवम् डान्स भिडियोमा अब्बल देखिएको छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। अर्जुन तिवारीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। गीतको अडियो भिडियो “रिजन नेपाल” नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो हेर्नुस्,,,
