प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे: प्रकाशमान सिंह


काठमाडौं, भाद्र १० । नेपाली काँग्रेसका  नेता प्रकाशमान सिंहले  प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताउनुभएको हो ।

उहाँले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताउनुभयो । नेता सिंहले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताउनुभयो ।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँदली भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस जस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेस जस्तो डेमोक्रेटिक पार्टीको मूल्य, मान्यता र आदर्शको राजनीति पहिचान कसैको चाहना र व्यक्तिगत मानका लागि नहुने भन्दै नेता सिंहले बताउनुभयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *