सवारीचालक अनुमतिपत्र: लाइसेन्सका लागि परीक्षा ‘सुरु हुँदै


काठमाडौं, भाद्र ११ गते । कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित तथा प्रयोगात्मक ‘ट्रायल’ परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

विभागका सूचना अधिकारीले आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमा परीक्षा दिन पाउने जानकारी दिनुभएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *