युरोपा कन्फरेस लिग: टोटनहम विजयी


  ह्यारी केनको दुई गोल मद्दतमा पाकोस डि फेरेइरालाई पराजित गर्दै इंग्लिस क्लब टोटनहम हट्सपर युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान बनाएको छ ।

प्ले अफ छनोटको दोस्रो लेगमा गए राति टोनहमले पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जित हासिल गरेको हो ।पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको थियो ।

टोटेनहमको जितमा ह्यारी केनले दुई र जियोभानी लो सेल्सोले एक गोल उपहार गरे । केनले खेलको नवौं र ३५ औं मिनेटमा गोल गरे । ७०औं मिनेटमा लो सेल्सोले गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *