धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज


काठमाडौं, भाद्र ११ गते ।  हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ  ओहो मुभिज एपबाट फिल्मलाई रिलिज गरिएको हो l

फिल्मको कथा साथै निर्देशन धुर्मुस सुन्तलीकै रहेको छ l शुभानी फिल्म्स ब्यानरमा निर्माण गरिएको फिल्मलाई सुवास बरालले खिचेका हुन् lमिलन श्रेष्ठको सम्पादन,स्वयतना योञ्जनको कोरियोग्राफी फिल्ममा समावेश छ l

पछिल्लो समय धुर्मुस-सुन्तलीले फिल्म ‘सेन्टी भाइरस’मा अभिनय गरेका थिए । उक्त फिल्म रिलिज भएको १ वर्ष बितिसके पछि पुनः अभिनयमा फर्किँदै दर्शक माझ ‘म त मर्छु कि क्या हो’ ल्याएका हुन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *