नेपालगन्ज । बाँके जानकी गाउँपालिका बाँकेका अध्यक्ष रामनिवास यादवको शुक्रबार राती निधन भएको छ ।
उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । यादब बाँकेकै ईमान्दार नेताका रुपमा चिनिन्थे ।
स्थानीयले उनलाई प्रधान जी भनेर सम्बोधन गर्थे ।
यसअघि उनी गाउँ विकास समितका अध्यक्ष भएका थिए ।
नेकपा (एमाले) बाँकले पार्टी र जानकी गाउँपालिकाले अभिभावक गुमाएको जनाएको छ । उनी एक बर्षअघि मुटुको शल्याक्रिया गराएका थिए ।

