रियल म्याड्रिडलाई रियल बेटिसको चुनौती ।


सुरुवाती दुई खेल बराबरी खेलेको रियल बेटिस घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै नयाँ सिजनको ला लिगामा पहिलो जितको खोजीमा हुनेछ । रियल बेटिसले मलोर्का र क्याडिजसँग समान १–१ गोलको बराबरी खेलेको थियो ।

टोलीसँग बोर्जा इग्लेएिस, नविल फेकिर, सर्जियो केनालेस, जुआनमी, आन्द्रेस गुआरडाडो, गुइडो रोड्रिग्वेज, जुआन मिरान्डा, भिक्टर रुइज, इड्गर गोन्जालेज, मार्टिन मोनटोया र गोलरक्षक रुई सिल्भा रहेका छन् । 


यता, रियल म्याड्रिड घरेलु टोलीलाई हराउँदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । रियल बेटिसलाई हराउन सके रियलले शीर्ष स्थानको भ्यालेन्सियासँगको अंक दुरी बराबरी गर्नेछ । भ्यालेन्सिया ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सेभिया पराजित भएको अवस्थामा रियलले रियल बेटिसले फराकिलो गोल अन्तरले पराजित गर्न सके रियल म्याड्रिड शीर्षस्थानमा उक्लनेछ ।

यि दुई टोलीबीचको पछिल्लो १८ खेलमा रियल ११ खेलमा विजयी भएको छ । चार खेल रियल बेटिसले आफ्नो पक्षमा पार्दा तीन खेल बराबरीमा सकिएको छ । पछिल्लो ५ भिडन्तमा रियलले एक खेल मात्रै जित्न सक्दा १ खेल दुई खेल रियल बेटिसले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *