अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ ।
घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ । जस्तोसुकै कठिन परिस्थिति भएपनि मिसन पूरा पर्ने अवस्था रहेको राष्ट्रपति बाइडनको भनाई छ ।
गत १५ अगस्टमा तालिवानहरुले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिकाले थालेको उद्दार मिसन मार्फत् हालसम्म १ लाख भन्दा बढी मानिसको उद्दार गरिसकिएको छ ।

