भाद्र १४ गते । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालमा खेल्न पाउँदा खुुसि लाग्ने बताउनुभएको छ । मैत्रीपुर्ण खेल खेल्न नेपाल आउनु भएको कप्तान क्षेत्रीले सञ्चारकर्मीलाई प्रतित्रिया दिदै हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउनुभएको हो ।
नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आईपुगेको हो । नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । उहाँले भन्नुभयो “नेपालमा आएर खेल्न पाउँदा खुसी छौं ।
मैत्रिपूर्ण खेल खेल्न नेपालसँग त्यहि सहज छैन । नेपालले निमन्त्रणा गरेकोमा धन्यवाद दिन चाहन्छु । यसको निकै महत्व छ । अहिले कोभिडका कारण अवस्था कठिन छ । यस्तो अवस्थमा पनि नेपालले राम्रो हस्पिटालीटि दिएर बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छौं । मैत्रिपूर्ण खेल नेपालसँग खेल्नपाउँदा खुसी लागेको छ ।”

