कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )


काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो ।

वरिष्ठ नेता खनालले भन्नु भयो, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अव कुनै कार्यकारी पोष्टको दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु । तर म मेरो आफ्नो तर्फबाट भने मैले कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार छैन । किनभने पार्टीको नवौ महाधिवेशनमा ७० वर्षको मापदण्ड राख्ने मुख्य नेता म नै हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *