विष्णु माझीको “चरी जेलैमा” गीतले पायो १३ दिनमै १ करोड् भ्युज् (भिडियो)


काठ्मान्डौ : जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा

गायिका विष्णु माझीले गाएको यो अहिलेको चर्चित गीत हो। दुई हप्ताअघि युट्युबमा सार्वजनिक यो गीतको भिडिओ भ्युजले त एकपछि अर्को रेकर्ड बनाइरहेको छ।

‘चरी जेलैमा’ बोलको यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने रेकर्ड बनाएको हो। गीत सार्वजनिक भएको १३ औं दिनमा गीतले करोड भ्युज काटेको हो। दोस्रो हप्तामा ७५ लाख भ्युज पाएर रेकर्ड राख्न सफल यो गीतले भिडिओ सार्वजनिक भएको छैटौं दिन २४ घन्टाभित्रै १० लाख बढी भ्युज पाएको थियो।

युट्युबमाजस्तै गीत टिकटकमा पनि भाइरल छ। बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ। गीत तीजको सन्दर्भमा निकालिएको हो। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ।

‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ।

माझीका यसअघि ‘रुमाल हल्लाइ हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुइँतिर’लगायत गीत लोकप्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *