माधव नेपालको निर्देशन : विरोधीको झूटा आरोपलाई चोटिलो जवाफ दिनुस्


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विरोधीहरूले जनतामाझ आफ्नो पार्टीविरुद्ध फैलाएको झूटा आरोपको खण्डन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्थानीय निर्वाचन लक्षित भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘उच्च मनोबलको साथ निर्वाचनमा होमिएका छौँ। पार्टीको नीति र कार्यक्रमलाई आत्मसाथ गरेर जनताको माझमा जानुस्। पार्टीको औचित्य क हो? विद्रोह गर्नुको बाध्यता जनतामाझ पस्किनुस्। विरोधीको झूटा आरोपलाई चोटीलो जवाफ दिनुस्।’

कम्युनिष्ट आन्दोलनको रक्षाको लागि एमालेबाट विद्रोह गर्नुपर्ने बाध्यता आएको उनकाे भनाइ छ। एमालेलाई लक्षित गर्दै उनले कम्युनिष्ट पार्टीको आवरणमा गम्भिर विचलन देखिएको टिप्पणी समेत गरे।

एमाले अध्यक्ष ओलीलाई कटाक्ष गर्दै उनले भने, ‘उनीहरूले बाटो बिराएका छन्। उनीहरू दक्षिणपन्थी भाषमा भासिएर व्यक्तिवादी भएका छन्। व्यक्तिवाद सत्तामा पुगेपछि अहंकार, दम्भ र निरंकुशतामा परिणत भएको छ। लोकतन्त्रको भावनालाई कुठाराघात गरेको छन्। सामूहिकताको भावना छैन। व्यक्तिको जय र व्यक्ति पूजाको प्रवृत्ति देखिन्छ।’

उनले आफूहरू जनताको सार्वभौम अधिकारको मान्यतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको दाबी गरे। उनले जनताको समस्या आफ्नो समस्या बनाएर नेता कार्यकर्तालाई चुनावी अभियानका सक्रिय भएर लाग्न निर्देशन समेत दिए।

अध्यक्ष नेपालले भने, ‘हाम्रो नीति चुनावदेखि चुनावसम्म होइन। जनता केन्द्रमा हुन्छन्। हामी जनताको आवश्यकता बुझेर चुनावलाई माध्यमको रुपमा लिएर जान्छौँ। जितेपछि पनि जनतालाई आधार मानेर विकास निर्णयको योजना बनाउँछौँ।’

आफूहरूले भ्रष्टाचारविरुद्ध लागेर निष्ठा र इमान्दार कर्मलाई विश्वास गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *