काठमाडौं, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले उपस्थितिमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भए पछि जिल्ला भित्रका अधिकांश विद्यालय खुलेका हुन् ।
नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणा अनुरुप सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘‘सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न अनुमति छौँ सोही अनुरुप अधिकांश विद्यालय खुलेको पाएका छौँ’’ सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
स्थानीय तहले सामुदायिक तथा निजी विद्यालयमा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अवस्था नभए भौतिक उपस्थितिमै कक्षा कोठा सञ्चालन सूचना जारी गरेका छन् । सोही अनुरुपमा जिल्लाका सबै विद्यालयहरुमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरिएको छ ।

