सोमबार भारतबाट भन्सार छली पैठारीको ठूलो मात्रामा विभिन्न किसिमको कपडा आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको टोलिले समानहरु बरामद गरेको छ ।

खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरस्थित बेवारिसे अवस्थमारहेको लत्ताकपडा, मोटरसाईकलको पार्टपुर्जा लगायतका सामान बरामद गरेको हो ।
उक्त समानको अन्दाजि मुल्य १ लाख ४८ हजार ६ सय ९० रुपैया बराबरको सामान बरामद गरी बुधबार १६ गते आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
