
नेपमलगन्ज : आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ । कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् । आर्थिक बर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ । यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकाश मन्त्रि बसन्त कुमार नेम्वांगले शुभकामना संदेश दिदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गर्नु भएको छ । आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हाशिल गर्न सहयोग गर्ने विश्वाश लिएको कृषि मन्त्रि नेम्वांगले बताउनु भयो ।
