साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले आज पाहुना टोली भारतसँग पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्ने आज भएको प्रि–म्याच कन्फरेन्समा बताएका छन् ।
कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सिमित दर्शकले मैत्रिपूर्ण खेल हेर्ने मौका पाउने भएका छन् । भारतसँग हुने मैत्रिपूर्ण खेलमा नेपाली टोली जितका लािग खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले हिजाे आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने दुई मैत्रिपूर्ण खेल अन्तर्गत नेपालले पहिलो खेल खेल्न लागेको हो । नेपालका लागि ७३औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा टोली तयार भएको बताए ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रिपूर्ण खेल सहज नहुने बताएका छन् । प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिएपनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।
भारतीय टोलीका प्रशिक्षक इगोरले पनि कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दैे साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

